WHAT’S HOT NOW

News

Serial

Video

Movie

» » » १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

 काठमाडौं । झापामा १६ वर्षीया किशोरीमाथी शुक्रबार राति छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार भएको छ । किशोरीले शनिबार जाहेरी दिएपछि घटनामा संलग्नमध्ये ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।


अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर पक्राउ परेका छन् । यसैगरी पक्राउ पर्नेमा अर्जुनधारा ७ का लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न एकजना फरार रहेका छन् ।

किशोरीलाई अर्जुनधारा ८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको बताइएको छ । प्रहरीका अनुसार उनीहरुले बालिकालाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पुर्‍याएका थिए ।

«
Next
This is the most recent post.
»
Previous
Older Post

No comments:

Leave a Reply